Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा सर्लाही ईन्चार्ज स्वर्गीय वाग्लेको दाहसंस्कार सम्पन्न 

नेकपा सर्लाही ईन्चार्ज स्वर्गीय वाग्लेको दाहसंस्कार सम्पन्न 

नेकपा सर्लाही ईन्चार्ज स्वर्गीय वाग्लेको दाहसंस्कार सम्पन्न 
images

सर्लाही, २४ माघ । शंकास्पद सवारी  दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेको दाहसंस्कार गरिएको छ ।  शनिबार दिउँसो नेकपा प्रवक्ता एवम नेकपा सचिवालय सदस्य   नारायण काजी श्रेष्ठ (प्रकाश)ले स्वर्गीय वाग्लेको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्नु भएको हो ।
सर्लाही स्थित बागमती नदी किनारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रवक्ता श्रेष्ठले स्वर्गीय वाग्लेले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । कुनै लोभ लालचमा नपरि शोषित पीडित जनताका लागि अनवरत रुपमा क्रियाशिल स्वा।वाग्लेको मृत्युले नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा अतुलनिय क्षति पुगेको भन्दै स्वर्गीय वाग्लेबाट सबै कम्युनिष्ट नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।
स्वर्गीय वाग्लेको पार्थिव शरिरमा श्रृद्धाञ्जली अर्पण गर्न नेकपा स्थायी कमिटी सदस्य एवम पुर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरेल,अविनाश नायक,नेकपाका केन्द्रीय सदस्य विश्वनाथ साह, प्रदेश दुई सह–ईन्चार्ज एवम केन्द्रीय सदस्य नागेन्द्र चौधरी, प्रदेश दुई संसदीय दलका नेता शत्रुधन महतो,केन्द्रीय सदस्यहरु प्रल्लाद बुढाथोकी, रामेश्वर राय यादव,  अच्युतम काफ्ले, लक्ष्मण पौडेल, रविन्द्र बैठा, राजु खड्का, युवराज भट्टराई, प्रकाश पोखरेल, हरिनारायण चौधरी, नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्यद्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली लगायत नेताहरुको उपस्थिती रहेको थियो । सबै नेताहरुले स्वा।वाग्लेको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरेका अनेरास्ववियू सर्लाहीका संयोजक विवेक मैनालीले जानकारी दिनु भयो ।
स्वर्गीय वाग्लेकी पत्नी सरस्वती सहित छोराहरु र आफन्त लगायत दाहसंस्कार स्थलमा पुगेका नेता तथा कार्यकर्ताहरुको रुवाबासीका कारण दाहसंस्कार स्थल शोकाकुल देखिएको थियो । सबै नेता कार्यकर्ताहरुको मुहार मलिन देखिन्थ्यो । स्वा।वाग्लेको दाहसंस्कारमा नेकपा सहित अन्य विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता एवं सर्बसाधारण सहित करिब १ हजार जनाको मानवसागर उर्लिएको नेकपा सर्लाहीका सचिब कमल बुढाथोकीले जानकारी दिनु भयो।

images
images

147208641_174141577479039_891253615874994922_n.jpg
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर स्वर्गीय वाग्लेको शव दाहसंस्कारका लागि शनिबार बागमती किनारमा ल्याईएको हो । पार्टीका स्थायी समिति सदस्य गिरिराज मणि पोखरेलको नेतृत्वमा स्वर्गीय वाग्लेकी पत्नी, दुई छोरा सहित परिवारका अन्य सदस्यहरुले स्व। वाग्लेको शव सर्लाही ल्याएका नेकपा सर्लाहीले जनाएको छ ।
यसअघि विहिबार दिउँसो दाहसंस्कार नगर्ने र स्वास्थ्य विज्ञान अध्ययनका लागि शरिर दान गर्ने भन्दै स्वर्गीय वाग्लेको शव धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर शुक्रबार साँझ एक्कासी पार्टी एवं पारिवारिक निर्णय अनुसार स्वा।वाग्लेको शवको शनिबार दिउँसो बागमती नदी किनारमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको थियो । घटना शंकाष्पद् भएको भन्दै पार्टीका नेता कार्यकर्ता र परिवारका सदस्यले मृत्त शरिरको पोष्टमार्टम गर्ने अडान लिएको बताईएको छ । पोष्टमार्टम गरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि शरिर दान नलिने भएकाले स्व। वाग्लेको पार्थिव शरिरको दाहसंस्कार गरिएको हो ।
सर्लाहीको बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट करिब सय मिटर उत्तर मुर्तिया सव डिभिजन वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेर प्रहरलिाई खबर गरेका थिए । स्थानीयको खबर पाएलगतै इलाका प्रहरी कार्यालय बरथवाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । वाग्ले ज १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ एक्लै आउँदै प्रहरीले बताएको छ । 
कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’,जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनु भयो । ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’ उहाँले बताउनु भएको छ । मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन नसकेको प्रहरीको भनाई छ ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - २०:३३:१४ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology