Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना प्रभावका कारण यस वर्ष लिगलिग दौड प्रतियोगिता नहुने

कोरोना प्रभावका कारण यस वर्ष लिगलिग दौड प्रतियोगिता नहुने

केशव गुरुङ

२१, आश्विन २०७७
कोरोना प्रभावका कारण यस वर्ष लिगलिग दौड प्रतियोगिता नहुने
images

गोरखा, २१ असोज । कोरोना महामारीका कारण यो वर्ष लिगलिगे दौड नहुने भएको छ । विगत दश वर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको थियो ।

images
images

पालुङटारको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किलोमिटरको दूरी पार गर्नुपर्ने उक्त प्रतियोगिताका बिजेतालाई राजा घोषित गरिन्थ्यो । श्रीपेच र पगरी लगाएर बजार परिक्रमा गराइन्थ्यो ।

तर कोरोना महामारीको परिस्थितीलाई मध्यनजर गर्दै यो वर्ष दौड हुने सम्भावना नरहेको पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले जानकारी दिए ।

सो प्रतियोगिताका लागि पालिकाले पाँच लाख रुपैयाँ रकम छुट्याएको थियो । यो वर्ष दौड नहुने पक्का भएको लिगलिग विकास अभियानका अध्यक्ष पूर्णबहादुर राना मगरले बताए ।

‘अहिले कोरोना छ, २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने छ, दौड गर्दा मानिसको संख्या धेरै हुन्छ, त्यसैले यो वर्ष प्रतियोगीता हुदैन,’ उनले भने ।

कोरोना महामारीकै कारण यो वर्ष गोरखा म्याराथुन दौड प्रतियोगिता हुन सकेन । गत वर्ष भदौ २५ गते प्रतियोगिता भएको थियो । नेपाली सेनासँगै जिल्लाका तीन स्थानीय तह (सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका) ले संयुक्त रुपमा प्रतियोगीता आयोजना गरेका थिए । प्रत्येक वर्ष प्रतियोगितालाई निरन्तरता दिने बताइएको थियो ।

तर यो वर्ष कोरोनाका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको पालुङटार नगरपालिकाका मेयर कँडेलले बताए ।

‘नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले गत वर्षबाट प्रतियोगिता सुरु गरेका थियौ,’ उनले भने, ‘वर्षेनी निरन्तरता दिने भन्ने थियो तर कोरोनाले यो वर्ष गर्न सकेनौ ।’

उनका अनुसार प्रतियोगीताका लागी पालुङटारले चार लाख रकम समेत विनियोजन गरेको थियो ।

पालुङटार नगरपालिकाको लिगलिगकोदेखि सिरानचोक गाउँपालिकाको हर्मी हँुदै गोरखा दरबारसम्मको करिव ३८ किलोमिटर दूरीको उक्त रुटलाई पदमार्गको रुपमा विकास गर्ने योजना समेत रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १८:२०:१९ बजे

केशव गुरुङ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology