Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार छाडने

उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार छाडने

इच्छाकामना न्युज

३१, बैशाख २०८१
उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार छाडने
images

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । संघीय परिषद् अध्यक्ष अशोककुमार राईले बहुमत सांसदसहित पार्टी विभाजन गरेर बाहिरिएपछि वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अफ्ठ्यारोमा परेका छन् ।

images
images

राईसहित बहुमत सांसदले पार्टी छोडेपनि अध्यक्ष यादवले आफूले तत्कालै सरकार छाडिहाल्ने मनस्थितिमा नरहेको बताएका थिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनले आफूमाथि कांग्रेससँग गठबन्धन बनाउन लागेको भनेर गलत आरोप लगाइएको भन्दै स्पष्टिकरण समेत दिएका थिए । तर प्रधानमन्त्री दाहालले नै यादवले सरकार छाडे सहज हुने संकेत गरेपछि यादव अफ्ठ्यारोमा परेका हुन् ।

जसपा, नेपालका सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिए पछि अध्यक्ष यादवले पनि सरकार छोड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका छन् ।

त्यसबारे उनले केहीबेर अघिदेखि पार्टीका केन्द्रीय कार्यकारिणी समितिका काठमाडौंमा उपलब्ध सदस्यहरूसँगको अनौपचारिक छलफल गरिरहेको एक नेताले जानकारी दिए । ‘अब सरकारमा बसिरहने कुरा रहेन, सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय हुनसक्छ,’ कार्यकारिणी समितिका एक सदस्यले भने ।

कार्यकारिणी समितिको औपचारिक बैठक सोमबार काठमाडौंमा बस्ने तय भएको छ ।

मधेशमा एमाले र माओवादीले सरकार छोड्न लागेको सूचना पाएपछि आइतबार बिहान यादव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा यादवले आफूलाई गलत आरोप लगाइएको भन्दै त्यसकाविरुद्धको संघर्षमा साथ दिन आग्रह गरेका थिए । तर प्रधानमन्त्री दाहालले साथ नदिने संकेत गरेपछि यादवले त्यहीबेलै सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर बाहिरिएका थिए ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - ०८:३७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology