Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेश सरकार अल्पमतमा, एमाले नेतृत्वमा आज चार दलले दावी पेश हुने

मधेश सरकार अल्पमतमा, एमाले नेतृत्वमा आज चार दलले दावी पेश हुने

इच्छाकामना न्युज

३१, बैशाख २०८१
मधेश सरकार अल्पमतमा, एमाले नेतृत्वमा आज चार दलले दावी पेश हुने
images

जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष चार दलले आज दाबी पेश गर्ने भएको छ ।

images
images

नेकपा एमाले र नेकपा माओवादी केन्द्र आइतबार मधेश सरकारबाट बाहिरिएका थिए । साथै, मधेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो ।

आइतबार भएको छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुंगो लागेको हो । नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले बताए ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तर, सरकारको दावी गर्न लागेका चार दलसँग ५५ सांसद छन् ।

 
अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादीले सरकार छाडेपनि नेकपा एकीकृत समाजवादीले भने समर्थन कायमै राखेको छ । यद्दपी, मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - ०८:२६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology