काठमाडौ – पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी परित्याग गरेका छन्। पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फ आजकै मितिबाट लागु हुने गरि आफू पार्टीमा नरहेको घोषणा गरेका हुन् । उनले लेखेका छन् ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’।
पाण्डे लामो समयदेखि भट्टराईको स्वीकय सचिवको भुमिकामा थिए । पार्टी छाड्नका कारण भने बाहिर आएको छैन ।
