काठमाण्डौ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो।
‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा लामो समयदेखि छलफलमा थियो, सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने भन्ने निर्णय पनि भएको छ।’ बैठकपछि सरकारकी प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले जानकारी दिइन्।
स्मरण रहोस् तात्कालिन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले इच्छाकामनामा आएर प्रथम इच्छाकामना सुन्तला महोत्सवमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने प्रतिबद्धता गरेका थिए ।