Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज साँझ देखि मौसममा सुधार हुँदै जाने मौसम विभागको जानकारी 

आज साँझ देखि मौसममा सुधार हुँदै जाने मौसम विभागको जानकारी 

images

सिआईएन

२४, माघ २०७७
आज साँझ देखि मौसममा सुधार हुँदै जाने मौसम विभागको जानकारी 
images

चितवन, २४ माघ । पश्चिमीवायुको प्रभावले सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भएकोमा आज साँझबाट भने मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका केही ठाउँबाट सुरु भएको सामान्य बदलीको अवस्था पूर्वी नेपालमा पुगिसकेको छ । हिमाली भूभागमा हिमपात भइरहेको छ भने कतिपय स्थानमा सामान्य वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ । 
सीआईएनसँग कुरा गर्दै मौसमविद् निराजन सापकोटाले आज साँझबाट मौसममा विस्तारै सुधार हुने बताउनुभयो । प्रदेश १ का धेरै स्थानहरू तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिनभरमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन्। अहिले बिहान देशभर आंशिकदेखि सामान्यबदली रहेको छ। हिउँद सुरु भएको ३ महिनापछि हिमपात र वर्षा भएपछि भने किसानहरू खुसीभएका छन् । 

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - ०९:५७:१६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology