Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वार्षिक प्रतिवेदन बुझाउन बागमती प्रदेशका सहकारीलाई एक साताको समयसीमा

वार्षिक प्रतिवेदन बुझाउन बागमती प्रदेशका सहकारीलाई एक साताको समयसीमा

इच्छाकामना न्युज

२३, माघ २०७७
वार्षिक प्रतिवेदन बुझाउन बागमती प्रदेशका सहकारीलाई एक साताको समयसीमा
images

हेटौडा, २३ माघ । बागमती प्रदेशले सहकारी संघसंस्थाहरुलाई वार्षिक प्रतिवेदन बुझाउनका लागि एक सातको समयसीमा तोकेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रदेश सरकारले समयसीमा तोकेको हो।
अहिलेसम्म वार्षिक प्रतिवेदन नबुझाएका सहकारीहरुलाई प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माघ मसान्तभित्र प्रतिवेदन बुझाउन समय दिएको हो। मन्त्रालयको सूचनामा माघ मसान्तभित्र सम्पूर्ण वार्षिक विवरण पेस गरिसक्न सहकारीहरुलाई निर्देशन दिइएको छ।
नियमितरुपमा साधारणसभाको विवरण पेस नगर्ने सहकारी संघ–संस्थालाई मन्त्रालयले प्रत्येक आर्थिक वर्षको ३ हजार रुपैयाँका दरले जरिवाना गर्ने गरेको छ।
कर चुक्ताको प्रमाणपत्र नलिने, साधारणसभा समेत नगर्ने र नियमित लेखा परीक्षण नगर्ने सहकारी संघ–संस्थाहरुलाई ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवना गर्ने मन्त्रालयले जनाएको छ।

images
images

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - २०:२२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology