सिराइचुली । जनतासँग एमाले अभियान अन्तर्गत जिल्लाकै सबैभन्दा अग्लो स्थान चितवनको इच्छाकामना गाउँपालिका १ सिराईचुलीमा सरसफाई गरिएको छ । अभियान अन्तर्गत आज शुक्रबार नेकपा एमाले इच्छाकामना वडा नं. १ को वडाकमिटिको संयाजनमा सिराईचुली डाडाँमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा बागमति प्रदेशका पूर्वमन्त्री विजय सुवेदि, राप्ति नगरपालिकाका निवर्तमान मेयर प्रभा बराल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत एमालेका स्थानीय अगुवा एवं कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।