Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भोली शनिबार दमौलीमा झाक्री र पुन आउने

भोली शनिबार दमौलीमा झाक्री र पुन आउने

images

इच्छाकामना न्युज

२३, माघ २०७७
भोली शनिबार दमौलीमा झाक्री र पुन आउने
images

दमौली, २३ माघ । नेकपा नेता एवं पूर्व अर्थ मन्त्री वर्षमान पुन र नेकपाकी नेतृ रामकुमारी झाँक्री दमौली आउने भएका छन् ।
नेकपाको प्रचण्ड–नेपाल खेमाले शनिबार आयोजना गरेको जनवर्गीय संगठन र मोर्चाहरुको भेलालाई सम्बोधन गर्न नेताद्वय दमौली आउन लागेका हुन् ।
नेकपाको ओली समूहले सभा गरेको केही साताको अन्तरालमा प्रचण्ड–नेपाल खेमाले समेत सभा गर्न लागेको हो ।
सभामा खेमा निकट केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, अर्का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी अञ्चल सदस्य शंकरनारायण श्रेष्ठ, ओमराज आलेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा व्यास नगर कमिटी सभापति श्रीराम कार्कीले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:५१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology