Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाका टोलटोलमा कार्यक्रम गर्दै जनतासंग एमाले अभियान

इच्छाकामनाका टोलटोलमा कार्यक्रम गर्दै जनतासंग एमाले अभियान

इच्छाकामना न्युज

१७, चैत्र २०८०
इच्छाकामनाका टोलटोलमा कार्यक्रम गर्दै जनतासंग एमाले अभियान
images

मायाटार । नेकपा एमाले (चितवन)ले जनतासंग एमाले अभियानलाई तीब्र पारेको छ । अभियान अन्तर्गत शुक्रबार इच्छाकामना गाउँपालिका २ मा कार्यक्रम गरिएको छ । संविधानसभा सदस्य कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चार वटा टोल कमिटी गठन भएको छ ।

images
images

419736858_3290792534389100_3247296417673515803_n.jpg

सो अवसरमा बोल्दै पोखरेलले एमाले सत्तामा हुँदा पनि र नहुँदा पनि निरन्तर जनताको घरदैलोमा रहेको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा इच्छाकामनामा ठूला योजना निर्माण भएको भन्दै आगामि दिनमा पनि थप योजनाहरु इच्छाकामनालाई प्राथमिकतामा राखेर ल्याइने बताउनुभयो । शक्तिखोर फिस्लिङ सडक र इच्छाकामनाका अधिकांस क्षेत्रको विद्युतिकरणको काम पोरखेल सांसद भएको समयमा सुरु भएको थियो । सडकले इच्छाकामनाका नागरिकको जीवनमा परिवर्तन ल्याएको छ भने विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको छ ।

कार्यक्रममा एमाले नेता गोपी श्रेष्ठ,इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ,वडाध्यक्ष पन्चबहादुर चेपाङ लगायतको उपस्थिति रहेको थियो । अभियानकै क्रममा चट्याङ लागेर घरमा क्षति भएका चन्द्र बहादुर चेपाङलाई राहात समेत प्रदान गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - ०९:४३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology