Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मृगौला पिडित टेक वहादुर आलेद्धारा सहयोगको आग्रह

मृगौला पिडित टेक वहादुर आलेद्धारा सहयोगको आग्रह

images

इच्छाकामना न्युज

१३, चैत्र २०८०
मृगौला पिडित टेक वहादुर आलेद्धारा सहयोगको आग्रह
images

तनहुँ । तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १२, जौवारी निवासी ३२ बर्षिय टेक वहादुर आलेको मृगौलामा समस्या देखिएको छ । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचारत आलेको मृगौलामा समस्या देखिएपछि परिवारजन चिन्तित वनेका छन् । 

432749432_2753114814836929_227419437261478368_n.jpg

निजको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकोले उपचारमा पनि समस्या परेको हुदाँ आलेले सहयोगको अपिल गरेका छन् । उपचार गर्न र नियमित डायलसिस गराउन समेत आर्थिक अभाव भएकोले थप उपचार कसरी गर्ने भन्ने भएको आमा तेजमाया आलेले बताईन । निज आलेको वुवा स्वर्गीय भईसकेको र परिवारको सम्पुर्ण दायित्व आफनो काँधमा आएको अवस्थामा आफनो यो अवस्थाले थप पिडा दिएको आलेले बताए । 

वाँच्ने तिव्र आशाका वीचमा रहेको आलेले जीवन वचाईदिनुहुन अपिल समेत गरेका छन् । भर्खरको युवा अवस्थाका आलेले वाँचेर केही गर्ने अभिलाषा व्यक्त गरे । नियमित उपचारमा समेत कठिनाई वनेको हुदाँ एनआईवी वैकमा रहेको टेकवहादुर आलेको नामको खाता नं २२५०५३९०२५००२३ सकेको सहयोग गर्न दानदातासँग आलेले अपिल समेत गरे । 

433117910_2753114881503589_1579967851628635633_n.jpg

images
प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - ०८:२०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology