Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

इच्छाकामना न्युज

१२, चैत्र २०८०
एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
images

काठमाडौं । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्। देवकोटाले ३५१ मत प्राप्त गरे। बिसीले १३२ मत पाए।

images
images

उपाध्यक्षमा मोहनबहादुर बडुवाल निर्वाचित भए। सचिवमा डम्बर तिवारी विजयी भए। यस्तै उपसचिव खुलामा टिकाराम सोमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भए। सदस्यहरूको मतगणना जारी छ।

एमाले सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो। निर्वाचनमा कुल ४९५ मध्ये ४८६ जनाले मतदान गरेका थिए। नवौँ अधिवेशन गत बिहीबार शुरु भएको थियो।

 
 

images
प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - ०८:३२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology