सुवास चौलागाईँ, भक्तपुर, २३ माघ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लागि लिइने प्रयोगात्मक परीक्षामा नक्कली परिक्षार्थी भक्तपुरबाट पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय भक्तपुरबाट सिराहा घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय विवेक कुमार साहलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनी आफ्ना साथि रबिन्द्र कुमार साहको ठाउँमा परीक्षा दिन गएको पाइएको प्रहरीले जनाएको छ । साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त ठिमीमा बुझाइएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।