खड्क सुनार, मुगु, २३ माघ । हिमाली मुगु जिल्ला मुगुमा गत वर्षभन्दा यो वर्ष क्षयरोगीको सङ्ख्या उकालो लागेको छ । गत वर्ष जिल्ला भरी ५१ जना क्षयरोगी रहेकोमा यस आर्थिक बर्षको ६ महिनाको अवधिमा १६ जना क्षयारोगी देखा परेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
यही रफ्तारमा बिरामीको संख्या बढ्ने हो भने यो बर्ष क्षयरोगीको संख्या बढ्ने क्षयरोग तथा कुष्ठरोगका फोक्कल पर्शन ज्ञानसिंह बुढाले बताउनुभयो । क्षयरोगको औषधी निशुल्क उपलब्ध हुने र रोग पहिचान भैसकेका बिरामीले नियमित औषधी सेवन गरे निको हुनेसमेत फोकल पर्शन बुढाको भनाइ छ ।