Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवः लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवः लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

इच्छाकामना न्युज

९, चैत्र २०८०
प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवः लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन
images

नारायणगढ । नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ। शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन्। आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

images
images

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवर्द्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा उभ्याउन मद्दत गरेको बताए। आदिवासी जनजाति समुदायलाई आफ्नो अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताउँदै शेरचनले भने, ‘म १०१५ सालमा चितवन झरेको मान्छे हुँ। मैले अधिकार प्राप्तिको लागि आजसम्म पनि लडिरहेको छु। किनकि अधिकारको लडाइँ कहिल्यै नसकिने रहेछ।’ 

431447620_814836504020882_6803628691706112187_n.jpg

अधिकारकै लागि आवाज उठाउँदा पटकपटक अङ्गभङ् बन्नु परेको तीतो यथार्थ सुनाए। ‘त्यसकारण यो महोत्सवले पहिचानको आवाज बोकेर गाउँगाउँ पुग्न मद्दत गरेको छ,’ उनले भने।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सहयोग पुर्‍याउन यो महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास दिलाइन्। महोत्सव परिसरमा बनाइएको आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको उनले बताइन्। ‘यहाँको गाउँ देख्दै गर्दा महानगरको पर्यटन विकासको लागि कुनै एक ठाउँमा आदिवासी जनजातिका गाउँ निर्माण गर्नुपर्ने सोच आएको छ,’ उनले भनिन्, ‘भावी पुस्ताको लागि पनि अध्ययन गर्ने र सिक्ने थलो बनोस्।’

2.jpg

महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, कला र संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुग्ने आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए। 

महोत्सवस्थलमा सबैभन्दा आकर्षणको केन्द्र नै आदिवासी जनजाति समुदायको गाउँ बनाइएको छ। चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको घर निर्माण गरिएको छ। त्यही घरले आदिवासी जनजाति समुदायको पहिचानलाई प्रष्टरूपमा झल्काएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए।

10.jpg

महोत्सवबाट चितवनको मात्र नभई समग्र आदिवासी जनजाति समुदायकै परिचय फराकिलो बनाएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का संघीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए।

चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट लायन्सचोक, शहीदचोक, पुल्चोक, उद्योग वाणिज्य संघ हुँदै प्रदर्शनी मैदानसम्म बृहत् शोभायात्रा निकालिएको थियो। शोभा यात्रामा चितवनका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए।

12.jpg

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - २२:१९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology