Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? त्रिवेणी भगवती माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? त्रिवेणी भगवती माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

९, चैत्र २०८०
कस्तो रहला तपाईको आजको दिन ? त्रिवेणी भगवती माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०८० चैत ९ गते, शुक्रवार २२ मार्च २०२४। फाल्गुण शुक्लपक्ष त्रयोदशी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य० ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। परिस्थितिवश चिताएको काम बीचमा रोकिन सक्छ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ०७:०४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology