Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संवैधानिक नियुक्ति विरुद्ध सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दर्ता 

संवैधानिक नियुक्ति विरुद्ध सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दर्ता 

images

इच्छाकामना न्युज

२३, माघ २०७७
संवैधानिक नियुक्ति विरुद्ध सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दर्ता 
images

काठमाण्डौ, २३ माघ । सभामुख अग्निप्रसाद साप्कोटाले राज्य संयन्त्रबाटै संविधानमाथि पटकपटक प्रहार भएका कारण आफू संविधानको संरक्षणका लागि अघि सरेको बताउनुभएको छ । शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएपछि आफू संविधानको रक्षार्थ संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकारसहितको सर्वोच्च अदालत समक्ष पुगेको उहाँको भनाइ छ । 
सभामुख सापकोटाले आज सर्वोच्च अदालतमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री लगायत नयिुक्त नवनियुक्त पदाधारीलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको छ । रिटको पेसी आइतबारका लाग तोकएिको छ । कानुनी र राजनीतकि विवादबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानकि नकिायहरुमा पदाधकिारी नियुक्त गर्नुभएको थियो । 
‘मैले संविधानको रक्षाका खातिर नेपालको संविधानको धारा २ बमोजिम नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रतिनिधिमूलक संस्था, प्रतिनिधि सभाको नेतृत्व प्रदान गर्ने प्रमुख पदाधिकारीको हैसियतमा जनताको तर्फबाट प्राप्त हुन आएको निहित अधिकारको प्रयोग गरेको हुँ ।’ एक विज्ञप्ति जारी गर्दै सापकोटाले उल्लेख गर्नुभएको छ । संसद छलेर संविधान विपरितका कार्यहरू थपिँदै जाने अवस्थाले संविधान मिचेर भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नो तर्फबाट आगामी दिनमा पनि निरन्तर प्रयास रहनेमा पनि उहाँको जोड छ । 

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:०४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology