Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संवैधानिक निकायको नियुक्ति बारेमा कारण पेस गर्न सरकारका नाममा आदेश  

संवैधानिक निकायको नियुक्ति बारेमा कारण पेस गर्न सरकारका नाममा आदेश  

images

इच्छाकामना न्युज

२३, माघ २०७७
संवैधानिक निकायको नियुक्ति बारेमा कारण पेस गर्न सरकारका नाममा आदेश  
images

काठमाण्डौ, २३ माघ । संवैधानिक निकायमा भएको नियुक्तिबारेमा कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हालै भएको संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिबारे कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । 
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ । प्रतिनिधि सभामा सुनुवाई हुनुपर्ने संविधानको व्यवस्था विपरीत संवैधानिक आयोगहरूमा ३४ पदाधिकारीलाई सपथ ग्रहण गराइएकाले त्यसविरुद्ध त्रिपाठीले निवेदन दर्ता गराउनुभएको थियो । प्रतिनिधि सभा विघटन हुनुअघि अध्यादेशमार्फत् संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको थियो । 
मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकको सिफारिस पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक भएको थियो ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:०२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology