Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

क्यान्सर पिडित देवघाटकी विनुमाय गुरुङद्वारा उपचारका लागि आर्थिक सहयोगको याचना

क्यान्सर पिडित देवघाटकी विनुमाय गुरुङद्वारा उपचारका लागि आर्थिक सहयोगको याचना

इच्छाकामना न्युज

६, चैत्र २०८०
क्यान्सर पिडित देवघाटकी विनुमाय गुरुङद्वारा उपचारका लागि आर्थिक सहयोगको याचना


देवघाट । तनहुँ जिल्ला देवघाट गाँउपालिका वडा नं स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं ५, पीपलटारमा वस्दै आएका ४९ वर्षिय विनुमाया गुरुङलाई कलेजोको क्यान्सर भएको छ । 

images

मुटु पोल्ने, पेट फुल्ने समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा उपचार गराएका गुरुङले विपी कोईराला क्यान्सर अस्पताल भरतपुरमा पुगेर उपचार गरेपछि कलेजोको क्यान्सर भएको डा. ले वताएपछि छाङ्गावाट खसेझै भईन । 

आर्थिक अवस्था अत्यन्त दयनीय रहेको गुरुङको स्वास्थ्य उपचारको लागी हालसम्म ठुलो रकम खर्च भएको र अवको उपचारको लागी आर्थिक अभाव भएको हुदाँ सहयोगको लागी याचना समेत गरेको निजको श्रीमान् दल वहादुर गुरुङले वताए । 

431960306_1123509925661256_7564068122801981500_n.jpg

आर्थिक अवस्था अत्यन्त दयनीय भएको गुरुङ हाल अर्काको जग्गामा वस्दै आएका छन् । एक छोरा र २ छोरी रहेका गुरुङको छोरा वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् । 

दैनिक ज्याला मजदुर गरेर जीवन यापन गर्दे आएको गुरुङ परिवारमा श्रीमतीको कलेजोको क्यान्सर देखिएपछि कसरी उपचार गर्ने भन्ने पीडामा रहेको श्रीपान दल वहादुरले वताए । हालसम्म ह्ण गरेर करिव २ लाख उपचारमा खर्चिसकेका गुरुङ दम्पतीले परिवारको उपचारका लागी सहयोग जुटाईदिन आग्रह समेत गरेका छन् । अहिलेसम्म ऋण गरेर उपचार गरियो, अवको उपचार कसरी गर्ने, गुरुङले भने ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - २१:०५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology