Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँका पूर्व सांसद किसानले श्वास प्रश्वासका बिरामीलाई ७० हजारको अक्सिजन मेसिन

तनहुँका पूर्व सांसद किसानले श्वास प्रश्वासका बिरामीलाई ७० हजारको अक्सिजन मेसिन

images

इच्छाकामना न्युज

२२, माघ २०७७
तनहुँका पूर्व सांसद किसानले श्वास प्रश्वासका बिरामीलाई ७० हजारको अक्सिजन मेसिन
images

तनहुँ, २२ माघ। विघटित प्रतिनिधि सभाका सांसद तथा नेकपाका नेता कृष्णकुमार श्रेष्ठ किसानले चुनाव प्रचारको क्रममा गरेका बाचा पूरा गर्दै आएका छन् ।

तनहुँको क्षेत्र नं. १ मा चुनावी अभियानमा नेता श्रेष्ठले गरेका बाचा पूरा गर्दै आएका हुन । उनले सामाजिक विकास र दीर्घरोगीहरुको उपचारका लागि घरदैलोमै पुगेर सहयोग समेत गर्दै आएका छन् ।

यसैक्रममा, भानु नगरपालिका–६ बरभन्ज्याङका श्वासप्रश्वासका बिरामी ४३ वर्षीय तिलबहादुर दुरालाई ७० हजार रुपैयाँ बराबरको अक्सिजन ट्रान्सलेटर मेसिन निःशुल्क रुपमा उपलब्ध गराए ।

उक्त अवसरमा निवर्तमान सांसद किसानले आफू पदमा भएपनि नभए पनि जिल्लावासीको सुख दुःखमा साथ दिने बताए ।

अक्सिजन मेसिनको अभाव भइरहेका बेला नेता श्रेष्ठले उपलव्ध गराएर निकै महान काम गरेको बिरामी दुराले बताए ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २१:०९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology