Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनमा जनतासंग एमाले अभियानः राप्ती कमिटीको भेला सम्पन्न

चितवनमा जनतासंग एमाले अभियानः राप्ती कमिटीको भेला सम्पन्न

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०८०
चितवनमा जनतासंग एमाले अभियानः राप्ती कमिटीको भेला सम्पन्न
images

चितवन । जनतासंग (एमाले) अभियान–२०८० अन्तर्गत नेकपा (एमाले) राप्ती नगर कमिटीको बिस्तारीत भेला आज सम्पन भएको छ। उक्त भेलाले जनतासंग (एमाले) अभियानलाई प्रभावकारी बनाउन १३ वटै वडामा वडास्तरीय उत्प्रेरक समूह गठन गरि कार्ययोजना निर्माण गरेको छ ।

कमिटीका अध्यक्ष पुर्ण बहादुर थापाको अध्यक्षतामा पार्टी केन्द्रिय कमिटी सदस्य,बागमती प्रदेश संसदीय दलका नेता जे एन थपलिया ,केन्द्रिय सदस्य कमरेड प्रभा बराल,बागमती प्रदेश कमिटीका सदस्य कमरेडहरु हरि पौडेल,शुसिला थपलिया,गोबिन्द कंडेल,श्यामलाल बिक,राप्ती नगरपालिकाका संस्थापक उपमेयर ईमानसिंह लामा,पार्टी जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक,उपसचिव प्रकाश ढुंगाना लगायतको उपस्तिथिमा भेला सप्पन्न भएको हो।

भेलामा वक्ताहरुले यस अभियानलाई प्रभावकारी बनाउन जनताको सरोकारका बिषयहरुलाई स्थानीय स्तरमै सशक्त ढंगले उठाउने,सेवा प्रवाहमा हुने ढिला सुस्तिमा खबरदारी गर्ने,स्थानीय स्तरमै समृद्धिको योजना निर्माण गर्न केन्द्रित हुनुपर्ने बताउनु भयो। थपलियाले बदलिँदो परिस्थितिमा नेकपा एमाले अझै जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो।

उक्त भेलामा एकीकृत समाजबादी परित्याग गरि उक्त पार्टीका जातीय उत्पीडित मुक्ती समाजका जिल्ला उपाध्यक्ष चुडामणि दर्जी नेकपा (एमाले) मा समाहित हुनु भयो।

images
प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - ०८:३९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology