Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछानेले सम्हाले गृह मन्त्रालयको कमाण्ड

रवि लामिछानेले सम्हाले गृह मन्त्रालयको कमाण्ड

इच्छाकामना न्युज

२३, फाल्गुण २०८०
रवि लामिछानेले सम्हाले गृह मन्त्रालयको कमाण्ड
images

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

images
images

लामिछाने १३ महिनापछि पुनः गृह मन्त्रालयको नेतृत्वमा पुगेका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्तागठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रूपमा रविको ‘कमब्याक’ भएको हो ।

यसअघि १० पुस ०७९ मा बनेको माओवादी–एमाले–रास्वपा गठबन्धनमा पनि उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए। तर, १३ माघ ०७९ मा नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट उनले सांसद पद गुमाएका थिए । त्यससँगै उनको मन्त्री तथा पार्टी सभापतिको पदसमेत गुमेको थियो ।

पछि १० वैशाखमा भएको उपनिर्वाचनमार्फत उनी पुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै प्रतिनिधिसभामा पुगे । त्यसलगत्तै उनले कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनमा पनि गृहमन्त्री पाए सरकारमा जाने प्रयास गरेका थिए। तर, गृह मन्त्रालय नपाएपछि उनी सरकारमा गएनन् । त्यसो त आफ्नो पद गएसँगै उनले पार्टीलाई सरकारबाट फिर्ता बोलाएका थिए भने पछि सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए ।

यसपटक अचानक प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाउँदा उनी पुनः गठबन्धनमा जोडिए भने १३ महिनापछि गृहमा ‘कमब्याक’ गरे ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०८० बुधवार - २२:०८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology