Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मङ्गोल नेशनल अर्गनाइजेशनले भोली भरतपुरको माइलीचोकमा  ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने

मङ्गोल नेशनल अर्गनाइजेशनले भोली भरतपुरको माइलीचोकमा  ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०८०
मङ्गोल नेशनल अर्गनाइजेशनले भोली भरतपुरको माइलीचोकमा  ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने
images

चितवन । मङ्गोल नेशनल अर्गनाइजेशनले भरतपुरमा ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने भएको छ । मङ्गोल अर्गनाइजेशनको भरतपुर महानगर सभाले भरतपुर–२० स्थित माइली चोकमा आम भेला गर्न लागेको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

फागुन २१ गते हुने भेलामा महानगरपालिकाभित्रका करिब पाँच सय सदस्यको सहभागी रहने महानगर सभाका प्रवक्ता मेकना तामाङले जानकारी दिए । उनका अनुसार भेलालाई सम्बोधन गर्नको लागि मङ्गोल अर्गनाइजेशन केन्द्रीय सभाका मूल सचिव सन्तोष तामाङ, प्रवक्ता रिन्छेन तामाङ, केन्द्रीय सभा सदस्य प्रवीना थापामगर, कल्पना चौधरीलगायतका नेता चितवन आउने छन् ।

मङ्गोल नेशनल अर्गनाइजेशनबारे जनमानसमा जानकारी गराउन र कार्यकर्ता तहमा बलियो उपस्थिति देखाउनको लागि पनि महानगर सभाले भेला गर्न लागिएको उनको भनाइ छ । ‘आम भेलामार्फत मङ्गोलबारे जागरण फैलाउने र नेपालमा रहेका मङ्गोल समूदायलाई एक ठाउँमा ल्याउने हाम्रो अभियान हो,’ उनले भने ।

मङ्गोल नेसनल अर्गनाइजेशन चितवनका सचिव सुरेश तामाङले राज्यबाट भइरहेको विभेदकारी व्यवहारलाई अन्त्य गराउनको लागि मङ्गोलले लामो समयदेखि संघर्ष गर्दै आएको बताए ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - ०९:२६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology