Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा जनतासँग एमाले अभियान सुरु

चितवनमा जनतासँग एमाले अभियान सुरु

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
चितवनमा जनतासँग एमाले अभियान सुरु
images

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई मजवुत बनाउन भन्दैं सोमबारदेखि जनतासँग एमाले अभियान सुरु गरेको छ । एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले चितवनका ७ वटै पालिकाका अध्यक्ष एवम् इन्चार्जहरुलाई डेढ महिने कार्ययोजनासहित माइन्यूट् हस्तान्तरण गरे । पालिका अध्यक्षहरुले हरेक वडा वडामा योजनावद्ध कार्यक्रमहरुसहितका माइन्यूटस् लैजानेछन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले वडाको सम्पूर्ण लगतसहितको विवरण आउने, एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी हुने विश्वास पार्टीले लिएको बताए ।

images
images

जिल्लाका ९८ वटै वडामा एमालेले वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरेको छ । विभिन्न सूचकहरुको फारमसमेत वडामा पठाइएको एमाले चितवनका अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा समाजवादी प्लानर डा. आरसी लामिछानेले सकारात्मक सोच तथा एमालेले गर्नुपर्ने दायित्व र जिम्मेवारीहरुका बारेमा आफ्नो प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जगन्नाथ थपलिया, प्रभा बराल, यमबहादुर परियार, शिवकुमारी गोतामे लगायत प्रदेश कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०८:३८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology