Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ चलचित्र ‘मि–थो’को चितवनमा भव्य प्रदर्शन

गुरुङ चलचित्र ‘मि–थो’को चितवनमा भव्य प्रदर्शन

इच्छाकामना न्युज

१२, फाल्गुण २०८०
गुरुङ चलचित्र ‘मि–थो’को चितवनमा भव्य प्रदर्शन
images

चितवन । गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुल्ला आँखा) को चितवनमा भव्य प्रदर्शन गरिएको छ । शनिबार चितवनको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रको भव्य प्रदर्शन गरिएको थियो ।

images
images

गुरुङहरुको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ चितवनको व्यवस्थापनमा चितवनमा चलचित्रको प्रदर्शन गरिएको हो । चलचित्र हेरेपछि अधिकांश दर्शकहरुले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए । 

स्टार स्टुडियो प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शंकर गुरुङ (बतासे) हुन् भने उनैले चलचित्रको कथा, पटकथा र संवाद लेखेका छन् । चलचित्रको निर्देशन राज बहादुर गुरुङ (राजेश)ले गरेका हुन् भने उनीहरु दुवै जना चितवनमा भएको चलचित्र प्रदर्शनीमा सहभागी भएका थिए । 

चितवनकै गुरुङ चलचित्रका कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’ले समेत अभिनय गरेका छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - २२:१८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology