Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको पामडाडाँ स्वास्थ्य चौकीको सेवा नयाँ भवनमा, गापा अध्यक्ष गुरुङद्वारा समुद्घाटन

इच्छाकामनाको पामडाडाँ स्वास्थ्य चौकीको सेवा नयाँ भवनमा, गापा अध्यक्ष गुरुङद्वारा समुद्घाटन

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८०
इच्छाकामनाको पामडाडाँ स्वास्थ्य चौकीको सेवा नयाँ भवनमा, गापा अध्यक्ष गुरुङद्वारा समुद्घाटन
images

कुरिनटार । चितवनको इच्छाकामना ५ स्थित नवनिर्मित पामडाडाँ स्वास्थ्यचौकी भवनको  समुद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच  स्वास्थ्यचौकी भवनको समुद्घाटन गर्नुभएको हो । FB_IMG_1708601275742.jpg स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङले  स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाले  आवश्यक  भवन लगायत  भौतिक पूर्वाधारहरु निर्माणमा जोड दिएको बताउनुभयो । साथै उहाँले दरबन्दी अनुसार आवश्यक स्वास्थ्यकर्मीहरु थप गर्दै जाने  बताउनुभयो । रु ३५ लाख बजेटमा उक्त स्वास्थ्यचौकी  भवन निर्माण कार्य सम्पन्न भएको हो । FB_IMG_1708601260062.jpg  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख अतिथि तथा वाड नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेचरनको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा, कार्यपालिका सदस्य,वडा सदस्यहरु, स्वास्थ्यकर्मी, स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, टोल विकासका अध्यक्ष तथा पदाधिकारी आमा समूहका प्रतिनिधि लगायत स्थानियहरुको उपस्थिति रहेका थिए ।    ६ जना दरबन्दी  रहेको पाम डाडाँ स्वास्थ्यचौकीमा हाल चार  जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिरहेका  छन् ।  नयाँ भवन सञ्चालनसगैँ स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक हरि  देवकोटाकाले बताउनुभयो ।   उहाँका अनुसार गाउँपालिका भर हाल सम्म १२ वटा स्वास्थ्य संस्थाहरु छन् ।  एक वटा आधारभूत स्पताल, स्वास्थ्यचौकी चार,सामुदायिक  स्वास्थ्य इकाई तीन र  आधारभूत स्वास्थ्य सेवा केन्द्र चार वटा रहेका  छन् ।  

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १७:१४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology