हेटौंडा, २४ भदौ । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री माननीय गिरबहादुर तामाङ ९ज्ञानुजङ्ग लामा० ज्यूले ‘बागमती प्रदेश स्वस्थ नागरिक’ को अवधारणालाई उच्च प्राथमिकतामा राखी जनतालाई प्रत्यक्ष लाभान्वित हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

आज मन्त्रालयमा आयोजित कर्मचारीहरूसँगको परिचयात्मक तथा निर्देशन कार्यक्रममा बोल्दै मन्त्री तामाङले जनताले दिने सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आग्रह गर्नुभयो। उहाँले प्रदेशको स्वास्थ्य र सामाजिक विकासको सूचकांक सुधार्न सबै कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
त्यसैगरी आज नै मन्त्री तामाङले हेटौंडा गौरीटारमा रहेको क्रिकेट रंगशाला तथा हेटौंडा रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा उहाँले निर्माण कार्यको गुणस्तर, प्रगति विवरण र देखिएका समस्याहरूबारे जानकारी लिनुभएको थियो।
बाँकी रहेका निर्माण कार्यहरूलाई गुणस्तर कायम गर्दै तुरुन्त समाधान गरी छिटोभन्दा छिटो प्रयोगमा ल्याउन उहाँले प्रदेश खेलकुद विकास परिषद्का सदस्य(सचिव दिपक लामा लगायत प्राविधिक कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी, मन्त्रालयका सचिव लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
