Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिलालिग फुटबलमा विराटनगर महानगरपालिका सँग नेपाल पुलिस क्लब पराजित 

महिलालिग फुटबलमा विराटनगर महानगरपालिका सँग नेपाल पुलिस क्लब पराजित 

इच्छाकामना न्युज

२१, माघ २०७७
महिलालिग फुटबलमा विराटनगर महानगरपालिका सँग नेपाल पुलिस क्लब पराजित 
images

काठमाण्डौ, २१ माघ । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब पराजित भएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिस विराटनगर महानगरपालिका सँग १ – ० गोल अन्तरले पराजित भएको हो। 
विराटनगरको जितमा पार्वती घलेले निर्णायक गोल गर्नुभयो। यससँगै विराटनगरले लिगमा तेस्रो जितहासिल गरेको छ।  जितसंगै विराटनगरले ६ खेलबाट १० अंकजोडेको छ। विराटनगर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ।  
पुलिसले ६ खेलमा ८ अंक जोडेको छ। पुलिस लिगको चौंथो स्थानमा झरेको छ। पुलिस र विराटनगर बीचको खेलसंगै लिगको पहिलो चरणको खेलहरु सकिएको छ। दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ। 

images
images

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:०४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology