Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

लागुऔषध दुव्र्यसनको दलदलबाट निस्किएर पनि उदाहरण बन्दै भक्तपुरका युवाहरु

लागुऔषध दुव्र्यसनको दलदलबाट निस्किएर पनि उदाहरण बन्दै भक्तपुरका युवाहरु

images

सिआईएन

२१, माघ २०७७
लागुऔषध दुव्र्यसनको दलदलबाट निस्किएर पनि उदाहरण बन्दै भक्तपुरका युवाहरु
images

सुबास चौलागाई, भक्तपुर, २१ माघ । एक अनुसन्धान अनुसार विश्वभका १७ करोड मानिसहरू लागु औषधको दुव्र्यसन मा फसेका छन्। हरेक वर्ष एक करोड भन्दा धेरै मानिसको लागु औषध दुव्र्यसनकै कारण मृत्यु हुन्छ। 
एउटा तथ्याङ्क अनुसार नेपालमा २ लाख भन्दा बढी मानिसहरु लागु ओषधको कूलतमा फसेका छन् । ती मध्ये ८० प्रतिशत किशोर र युवा अवस्थाका छन्। तर लागुऔषध दुव्र्यसनको दलदलबाट निस्किएर अरुका लागि उदाहरण बनेकाहरु पनि हाम्रै समाजमा भेटिन्छन्।  
कुनै समय, भक्तपुर चाँगुनारायणका उमेश खड्काको संसार लागु औषध भन्दा बाहिर थिएन। सार्बजनिक सवारी साधनमा सहचालकको काम गर्दाका कयौं दिनहरु लागु औषधका कारण बेहोसीमै बिते। अहिले अवस्था फेरिएको छ। उमेश अब्बल किसान बन्नुभएको छ। 
चाँगुनारायणकै दिनेश कर्माचार्यको विगत पनि उमेशको फरक थिएन। लागु औषध दुव्र्यसनबाट निस्किएपछि कृषि व्यवसाय मात्रै होईन, समाजबाट माया र सम्मान पनि मिलेको छ। भक्तपुरमा सयौंको सङ्ख्यामा लागु औषध दुव्र्यसनमा फसेकाहरु छन्। उनिहरुलाई त्यसबाट निकाल्न सरकारी तथा गैरसरकारी संघ संस्थाले काम गरिरहेका छन्। उमेश र दिनेशलाई सत्मार्गमा हिंडाउने श्रेय दुव्र्यसनमा फसेका व्यक्ति तथा परिवारका लागि सहयोग गर्दै आएको सुरुवात नामक संस्थालाई जान्छ। संस्थाले उपचारसँगै सीपमूलक तालिम दिने गर्छ । 
हालसम्म करिब ९ सय जनालाई लागुऔषध दुव्र्यसनको दलदलबाट निकालेको संस्थाका अध्यक्ष उमेश खड्का बताउनुहुन्छ। नेपालमा युवाहरु लागु औषध दुव्र्यसनमा फस्नुको मूख्य कारण बेरोजगार हुनुलाई मानिएको छ। युवा लक्षित रोजगारी कार्यक्रमले समाजमा पुनस्र्थापित भएकालाई समेत सहयोग पुग्ने उनिहरु बताउँछन् । 

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:००:५० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology