तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुरको डुम्रेमा सम्पर्क कार्यालयको स्थापना गरिएको छ । बुधबार डुम्रे बजारको जष्टचिल रेस्टुरेन्ट भएको भवनमा केन्द्रीय उप(सभापति एवं संघीय साँसद डाक्टर स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गर्नु भएको हो ।
सो अवशरमा साँसद डाक्टर वाग्लेले सुशासन कायम गराउन पार्टीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सभापति रवि लामिछाने र रास्वपा प्रतिको जन–आकर्षकले पुराना पार्टीहरु त्रसित रहेको र सभापति लामिछानेको शाख गिराउनका लागि संयन्त्र भैरहेको बताउनु भएको छ ।

उप–सभापति डाक्टर वाग्लेले सहकारीको रकम सभापतिले नलिएको उल्लेख गर्दै लिएको भए प्रमाण पेश गर्न चुनौती दिनुभयो । सरकारमा आफ्नो पार्टीको उपस्थिति नहृको भए पनि बिकास र समृद्धिका लागि पार्टी लागि परेको जानकारी दिनुभयो ।
रास्वपा बन्दिपुरका अध्यक्ष कृष्णप्रसाद पन्त बासुले स्वागत गर्नु भएको कार्यक्रममा नेताहरु प्रदेश समिति सदस्य विश्व बास्तोला, तनहुँ जिल्ला उपसंयोजक सूर्यमणि पौडेल, तनहुँ क्षेत्र नं १ क्षेत्रिय समिति कार्यबाहक सभापति अनिल श्रेष्ठ ज्यू लगाएत पूर्व राजदुत डाक्टर जयराज आचार्य , मानकाजी श्रेष्ठ रहनु भएको उज्वल गुरुङले जानकारी दिनुभयो ।