धादिङको बेनिघाट रोराङमा विभिन्न कार्यक्रम गरि २९ औँ जनयुद्ध दिवस मनाइएको छ । अमृत उज्वल स्मृति मञ्चको आयोजनामा रिचोकपोखरीमा सम्मान तथा सांस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको हो ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया‘ विवेक’को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष थपलियाले यथास्थितिवादी राजनितिक दलहरुले गणतन्त्रलाई स्वीकार गर्न नसकेको हुनाले जनयुद्धबाट उपलब्ध गणतन्त्रलाई संरक्षण र स्थायित्व गर्नु नेकपा माओवादी केन्द्रको काँधमा रहेको बताए ।
कार्यक्रममा सहिद तथा वेपत्ता परिवारका आफन्तहरुलाई दौसला ओढाएर सम्मान गरेका थिए । साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्वारा सांस्कृतिक प्रश्तुतिहरु प्रश्तुत गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र वागमती प्रदेश सदस्य तथा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,बेनिघाट रोराङका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेको विशेष तथा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बेनिघाट रोराङका निवर्तमान अध्यक्ष पित्त बहादुर डल्लाकोटी‘हरि’ नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य चन्द्र बहादुर सिलवाल ‘मिलन’, अमृत उज्वल स्मृति मञ्चका पूर्व अध्यक्ष एंव नेकपा माओवादी केन्द्र इच्छाकामनाका सचिव रामहरि कडेँल, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति धादिङका अध्यक्ष तीलक चेपाङ लगायतको अतिथ्यता रहेका थिए ।
अमृत उज्वल स्मृति मञ्चका अध्यक्ष दीपक कुमार कडेँलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।