Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

ईच्छाकामनामा शसस्त्र प्रहरीद्धारा हेलिप्याड निमार्ण

ईच्छाकामनामा शसस्त्र प्रहरीद्धारा हेलिप्याड निमार्ण

images

इच्छाकामना न्युज

२१, माघ २०७७
ईच्छाकामनामा शसस्त्र प्रहरीद्धारा हेलिप्याड निमार्ण
images

ईच्छाकामना, २१ माघ ।
ईच्छाकामनामा शसस्त्र प्रहरीले हेलिप्याड निमार्ण गरेको छ।
सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन तालिम केन्द्र ईच्छाकामनाले हवाई उद्धार अभ्यासलाई व्यवस्थित र प्रभावकारी बनाउन तालिम केन्द्र परिसरमा एकैसाथ दुइटा हेलिकप्टर अटाउने गरी हेलिप्याड निर्माण गरेको हो।  तर सशस्त्र प्रहरीसँग हालसम्म हेलिकप्टर छैन ।
सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले हेलिकप्टरबाट हुने उद्धार तथा हेलिप्याड सञ्चालनका सम्बन्धमा विज्ञ समूहको टोलीले स्थलगत निरीक्षणका साथै उडान परीक्षण अभ्यास सम्पन्न गरिसकेको जानकारी दिनुभयो।
“प्राकृतिक विपत् तथा विभिन्न दुर्घटनाका कारण गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउन हेलिकप्टरको प्रयोग उपलब्धिमूलक हुनेछ । समयमै उपचार नपाएर अकालमै ज्यान जाने जोखिम कम हुन्छ”, उहाँले भन्नुभयो ।
तालिम केन्द्र परिसरमा सुविधा सम्पन्न हेलिप्याड निर्माण हुँदा उद्धार कार्य छिटोछरितो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । कुरिनटारमा सशस्त्र प्रहरी बलको २५ शैयाको ट्रमा सेन्टर अस्पताल सञ्चालन छ ।

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १३:०४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology