Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जनयुद्ध दिवसको दिन भोली आँबुखैरेनी गाउँपालिकामा पनि सार्वजनिक विदा

जनयुद्ध दिवसको दिन भोली आँबुखैरेनी गाउँपालिकामा पनि सार्वजनिक विदा

images

इच्छाकामना न्युज

२९, माघ २०८०
जनयुद्ध दिवसको दिन भोली आँबुखैरेनी गाउँपालिकामा पनि सार्वजनिक विदा
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको छ । आज सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले भोली फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाद्वारा जारी सूचनामा गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको दिन फागुन १ गते एक दिन सार्वजनिक विदा दिएको जानकारी दिएको छ । सार्वजनिक विदाको दिन अत्यावश्यक बाहेक गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय, सामुदायिक निजि शैक्षिक संस्था, संघसंस्थाहरुको सेवा बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ ।

स्मरण रहोस् जनयुद्ध दिवसमा संघीय सरकारले दिएको सार्वजनिक विदामा सर्वोच्च अदालतलले रोक लगाइदिएको छ भने सोही अनुरुप सरकारले आज एक सूचना जारी गर्दै आफ्नो राजपत्रमा सार्वजनिक विदा लेखिएको भएपनि अदालतले रोक लगाइदिएकोले विदा नरहेको जानकारी दिएको छ ।

यद्यपी स्थानीय तहहरुले भने स्थानीय विदामा मिलान हुने गरी सार्वजनिक विदा दिएका छन् । 

426569053_785249483629535_3072504305682693899_n.jpg

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १३:२६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology