Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एमाले चितवनले दुईमहिने जनतासँग एमाले अभियान सञ्चालन गर्ने

एमाले चितवनले दुईमहिने जनतासँग एमाले अभियान सञ्चालन गर्ने

images

इच्छाकामना न्युज

२९, माघ २०८०
एमाले चितवनले दुईमहिने जनतासँग एमाले अभियान सञ्चालन गर्ने
images

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जनतासँग एमाले अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमाले चितवनको आइतबार बसेको बैठकले जिल्लाका सबै पालिका र वडाहरुमा जनतासँग एमाले अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले उपसचिव एवम् प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।

प्रमुख ढुंगानाका अनुसार एमालेले गर्ने अभियानसम्बन्धी कार्ययोजनाका बारेमा नेताहरुले आ–आफ्ना धारणा र सुझाव राखेर व्यापक छलफल गरी कार्ययोजना पारित गरेको हो । कार्ययोजनामा एक वडा एक रचनात्मक काम सञ्चालन गर्ने, जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्धलाई मजबुत पार्ने, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता वितरण र अवस्थाका बारेमा जानकारी लिने, पार्टी प्रवेश अभियान चलाउने, वार्डस्तरमा रहेका संघसंस्थाहरुको विवरण, अवस्था, रोजगारीको अवस्था, वैदेशिक रोजगारीलगायतका विषयमा जानकारी लिने विषयलाई कार्ययोजनाभित्र राखेको छ ।

सोही अभियानका क्रममा वडास्तरमा प्रशिक्षण भेलाहरुको आयोजना गर्ने, टोल कमिटीहरु गठन पुनर्गठन गर्ने, स्थानीयस्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहलकदमी लिने, जनजीविकाका सवाललाई उठाउने जस्ता विषयहरु अभियानका क्रममा गरिने प्रमुख ढुंगानाले जानकारी दिए ।

एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला इन्चार्ज एवम् पोलिटब्यूरो सदस्य पार्वत गुरूङ, केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज जेएन थपलियालगायतले मन्तव्य राखेका थिए । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको पार्टीको बैठकमा बोल्ने नेताहरुले पार्टीलाई शुद्धीकरण र सुदृढीकरणका लागि अभियान कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १०:५०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology