Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

उवासंघ चितवनको कार्यसमिति विस्तार

उवासंघ चितवनको कार्यसमिति विस्तार

images

इच्छाकामना न्युज

२८, माघ २०८०
उवासंघ चितवनको कार्यसमिति विस्तार
images

भरतपुर । चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो ।

संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति सदस्य मनोनित गर्नु भएको हो । अध्यक्ष श्रेष्ठले कार्यसमिति सदस्यमा मुकुन्द गौतम, सन्तोष देवकोटा र शिलु अग्रवाललाई मनोनयन गर्नु भएको हो ।

यसैगरी अध्यक्ष श्रेष्ठले आगामी कार्यकालको लागि विशाल श्रेष्ठलाई कृषि विशिष्ट सदस्य, सुर्य नारायण पौडेललाई पर्यटन विशिष्ट सदस्य, डा. मनोहर प्रधानलाई स्वास्थ्य विशिष्ट सदस्य र बिमल श्रेत्रीलाई शिक्षा विशिष्ट सदस्यमा मनोनित गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले संघको कानुनी सल्लाहकारमा गोविन्द सिग्देल र राजश्व सल्लाहकारमा विमान कार्की मनोनित गर्नु भएको छ । यो संगै संघको कार्यसमिति ३५ सदस्यीय बनेको छ ।

यसैगरी आइतबार नै संघको सचिवालयमा मनोनित कार्यसमिति सदस्य, विशिष्ट सदस्य र कानुनी सल्लाहकारलाई बधाई तथा शुभकामना सहित मनोनयनपत्र हस्तान्तरण गरिएको थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान, संघका कार्यकारी निर्देशक निल बहादुर केसी, कार्यक्रम अधिकृत गणेश सुवेदीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले मनोनित हुनुभएकाहरुमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा संघ र उद्योगी व्यवसायीहरुको हितको लागि क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो भने मनोनित सदस्य एवं सल्लाहकारहरुले आफ्नो क्षेत्रवाट संघको उदेश्य प्राप्तीको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २२:०२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology