काठमाण्डौं, २१ माघ ।
भारतले बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो । पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।