पोखरा, २० माघ ।
घरको तलाबाट खसेर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ।
आफ्नो घरको तेस्रो तलाको छतबाट खस्दा घाइते भएका पोखरा महानगरपालिका ५ पस्र्याङ निवासी ५५ वर्षीय भुपाल रेग्मीको ज्यान गएको हो ।
उनी आइतबार दिउँसो छतबाट खसेर गम्भीर घाइते भएका थिए । रेग्मीको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज मंगलबार ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।