Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मादक पदार्थ सेवन गरी चलाउदा सौराहामा मध्यरातमा हाइलक्स गाडी दुर्घटना, दुई घाइते

मादक पदार्थ सेवन गरी चलाउदा सौराहामा मध्यरातमा हाइलक्स गाडी दुर्घटना, दुई घाइते

images

इच्छाकामना न्युज

२२, माघ २०८०
मादक पदार्थ सेवन गरी चलाउदा सौराहामा मध्यरातमा हाइलक्स गाडी दुर्घटना, दुई घाइते
images

चितवन । चितवनको रत्ननगर नगरपालिका ६ सौराहास्थित हात्ती चोकमा गयराती हाइलक्स गाडी दुर्घटनामा परेको छ । हात्तीचोकबाट गैडाचोकतर्फ जाँदै गरेको बिएसी ९००६ नम्वरको हाइलक्स गाडी राती १२ः२० बजे दुर्घटनामा परेको हो ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा गाडीमा सवार गैडाकोट १३ का २७ बर्षिय बिपिन पराजुली र भरतपुर १९ का २२ बर्षिय मनिष लामा घाइते भएका छन । उनिहरु चितवन मेडिकल कलेजमा उपचार पश्चात डिस्चार्ज भएका छन ।

 

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ०९:१६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology