Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चर्चित गायिका अन्जु पन्त विवाह गर्ने तयारीमा

चर्चित गायिका अन्जु पन्त विवाह गर्ने तयारीमा

images

इच्छाकामना न्युज

२०, माघ २०७७
चर्चित गायिका अन्जु पन्त विवाह गर्ने तयारीमा
images

काठमाण्डौं, २० माघ ।
गायक तथा संगीतकार मनोजराजसँग  एक दशक अगाडि डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।
थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौ । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको जानकारी दिए । उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु न्जिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १८:५७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology