Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै

images

इच्छाकामना न्युज

२०, माघ २०८०
आहा रारा गोल्डकप : उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्दै
images

काठमाडौँ । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताकाे फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हालसम्म चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मी यसपटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आर्मी यसअघि विसं २०६५, २०६६, २०७२ र  २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन ।

यसअघि पाँच पटक उपाधि जितिसकेको थ्रीस्टार आज छैटौँ उपाधिको खोजीमा रहेको छ । थ्रिस्टारले विसं २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

थ्रीस्टार प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने योजनामा छ ।

यही माघ ९ गतेदेखि सुरु भएको १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाउने छन् । 

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - ०७:१६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology