Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !

५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !

इच्छाकामना न्युज

१९, माघ २०८०
५ किलो नुन किन्न २ दिनको यात्रा, नागरिकता अनिवार्य !
images

कालिकोट । शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । १० वर्ष अघिसम्म नुन लिन हाट जाने उनी अहिले एक दिन हिँडेर कालिकोटको सदरमुकाम मान्म आउने गरेकी छन्।

images
images

उनले ९ रुपैयाँ किलोको नुन किन्न आतेजातेमै एक हजार पाँच सय रुपैयाँ खर्च गरिन्। ‘मान्म डिपोबाट २० किलो जति नुन लैजाने मन थियो।’ तर, ५ किलो मात्रै दिने नियम बनाएको रहेछ’, केही समय लाइन लागेर ५ किलो पाएकी उनले गुनासो पोखिन्, ‘सबै हिसाब गर्ने हो भने एक किलो नुनको २ सय रुपैयाँभन्दा बढी पर्‍यो।’

पिठ्युँमा बच्चा च्यापेर नुन लिन आएकी शाहीले गुनासो पोखिन्, ‘नुन लिन आउँदा पाँच छ पोका भन्दा धेरै दिँदैनन्। कति दिन चलाउनु, बजारको नुन महँगो छ।’

ठूलो घर परिवारमा ५ केजी नुन अभाव देखिएको तिलागुफा ७ छाप्रेका गगन बहादुर शाही बताए। उनले भने ‘पहिला गाई बस्तु, भेडा बाख्रालाई खुवाउन धेरै सस्तो हुन्थ्यो। तर अहिले नुन ५ केजी मात्र मिल्दा सास्ती भएको छ।’

स्थानीय तहमा नै नुन वितरण भएको भए यती सास्ती नहुने उनको भनाई छ। उनले मान्म पुगेर घर फर्कँदा सम्म १६ सय खर्च गरी ५० रुपैयाँको नुन पाउँदा दुःख लागेको सुनाए।

शुक्रबार नुन लिन मान्म स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड पुगेका उनले भने ‘केही पैसा बचत होला भनेर आयोडिन नुन लिन आएको उल्टै धेरै पैसा खर्च भयो। ५ केजी नुन लिएर कसरी घर फर्कनु ?’ उनले आफैलाई प्रश्न गरे ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०९:१५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology