Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

डेढ महिनादेखि दिउँसो ४ घण्टा बन्द गर्दै आईरहेको नारायणगढ–मुग्लिन सडक अझै ३ साता बन्द हुने

डेढ महिनादेखि दिउँसो ४ घण्टा बन्द गर्दै आईरहेको नारायणगढ–मुग्लिन सडक अझै ३ साता बन्द हुने

images

इच्छाकामना न्युज

१८, माघ २०८०
डेढ महिनादेखि दिउँसो ४ घण्टा बन्द गर्दै आईरहेको नारायणगढ–मुग्लिन सडक अझै ३ साता बन्द हुने
images

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउसको समयमा बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताउनुभयो ।

सवारीसाधन दैनिक चार घण्टा सवारीसाधन रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । पहिलो पटक थपिएको म्याद माघ २० गते सकिदैछ । पुन थप भएको समय अनुसार फागनु १२ गतेसम्म दिउसको समयमा सडक बन्द हुनेछ ।

३५ मिटरबाट फोड्न सुरु गरिएको चट्टान १३/१४ मिटर बाँकी छ । हाई पावरका तीन वटा एक्साभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको आचार्यले जानकारी दिनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो । आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उहाँका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

यो राजमार्गलाई एशियाली विकास बैंक (एडिबी)को सहयोगमा एशियन मापदण्डानुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - २०:४२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology