Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अपराध

५ वर्षिया छोरी बलात्कार आरोपमा बुबा पक्राउ

५ वर्षिया छोरी बलात्कार आरोपमा बुबा पक्राउ

images

इच्छाकामना न्युज

२०, माघ २०७७
५ वर्षिया छोरी बलात्कार आरोपमा बुबा पक्राउ
images

सप्तरी, २० माघ ।
सप्तरीमा ५ वर्षीया छारी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्।
आफ्नै पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन्।

कनूनबमोजिम कारवाही गर्न माग भएपछि पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार स्वास्थ्य परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले बताए। स्वास्थ्य परीक्षणपछि सोमबार उजूरी दर्ता गरेर आरोपितलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - ०९:५२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology