Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा सुदुरपश्चिम र बागमतीको जित

मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा सुदुरपश्चिम र बागमतीको जित

images

इच्छाकामना न्युज

१५, माघ २०८०
मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा सुदुरपश्चिम र बागमतीको जित
images

चितवन । चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन् ।

आज (सोमबार) १५ ओभरमा घटाईएको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशविरुद्ध १९ रनको जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित १५ ओभरमा  ६ विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो ।

कोशीका लागि रिया शर्माले नट आउट २७ रन बनाईन् । टिका साहले आक्रमक ब्याटिङ गर्दै नटआउट २५ रन बनाए पनि हार टार्न सकिनन् । १५ बल खेलेकी टिकाले ५ चौका प्रहार गरिन् । प्रतिभा मण्डल १० रनमा नटआउट रहिन् । सुदुरपश्चिमकी अनु कडायत र कप्तान स्नेहा महराले समान २-२ विकेट लिए ।

sudurpashchim.JPG

त्यस अघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै एक सय ३ रन बनाएको थियो । सुदुरपश्चिमकी सावित्री धामीले आक्रमक ब्याटिङ गर्दै २३ बलमा ६ चौकाको मद्दतमा नटआउट ३३ रन बनाईन् । कप्तान स्नेहाले नटआउट २० रन जोडिन् । ओपनरद्धय निलम पाण्ड्या र मनिषा बोहराले क्रमश: १६ र १० रन जोडे । कोशीकी निरा राजवंशी र रिया शर्माले समान १-१ विकेट लिए ।

उता आजै सम्पन्न दोस्रो खेलमा बागमतीले लुम्बिनीविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । बागमतीले दिएको एक सय ३२ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ ओभर ५ बलमा ४४ रनमै समेटियो । बागमतीको कशिलो बलिङ सामू लुम्बिनीका ब्याटर टिक्न सकेनन् ।

लुम्बिनीकी कप्तान आश्मा पुलामी मगरले ५५ बलमा सर्वाधिक २२ रन जोडिन् । लुम्बिनीका ७ ब्याटर खाता नखोली पेभिलियन फर्किए । ३ ब्याटरले व्यक्तिगत एक-एक रन मात्र जोडे । लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीकी कप्तान सोनी पाख्रिन, मनिषा उपाध्याय र विपिशा शाहीले समान ३-३ विकेट लिए ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको बागमतीले विपिशाको ४० रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३१ रन बनाएको थियो । ३५ बल खेलेकी विपिशाले ७ चौका प्रहार गरिन् । एेली यादवले २१ तथा ओपनर एलिसा खड्काले १७ रन जोडे ।      

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा मंगलबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे गण्डकी र मधेस भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे लुम्बिनी र कर्णाली प्रदेशबीच हुनेछ ।

images
प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १९:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology