Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बेंसीशहर–चामे सकड आजदेखि तीन दिनका लागि बन्द 

बेंसीशहर–चामे सकड आजदेखि तीन दिनका लागि बन्द 

images

इच्छाकामना न्युज

२०, माघ २०७७
बेंसीशहर–चामे सकड आजदेखि तीन दिनका लागि बन्द 
images

बेंसीशहर, २० माघ ।
गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेंसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ।लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज बिहान १० बजेदेखि बिहीबार राति १० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो ।
डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको एक सय मिटर खण्डमा ढलान (पिसिसी) कार्य गरिने भएको छ।नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै उक्त सडक २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - ०९:२८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology