Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपालमा १ लाख १३ हजार १७५ लगाए कोरोना विरुद्धको खोप

नेपालमा १ लाख १३ हजार १७५ लगाए कोरोना विरुद्धको खोप

images

इच्छाकामना न्युज

२०, माघ २०७७
नेपालमा १ लाख १३ हजार १७५ लगाए कोरोना विरुद्धको खोप
images

काठमाण्डौं, २० माघ ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोसम्म नेपालभर कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको छ । 
मन्त्रालयका अनुसार नेपालमा जारी छैटौं दिनको खोप अभियान अन्तर्गत हिजो  प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
खोप अभियान आजपनि जारी रहनेछ । यसैबीच सरकारले ७ प्रकारका दीर्घरोगीलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ ।सरकारले ७ प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । 
कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो ।मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - ०९:२५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology