Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना, १ को मृत्यु, ३ घाइते

दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना, १ को मृत्यु, ३ घाइते

images
दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना, १ को मृत्यु, ३ घाइते
images

भरतपुर । चितवनको दासढुङ्गामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार बिहान ११ः४० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको ना ५९ प २६२१ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको ना ६५ प ७२२५ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते ७२२५ नम्वरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका ७ का ४० बर्षिय प्रकाशबाबु थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का मोटरसाइक चालक रत्ननगर नगरपालिका १३ का २२ बर्षिय सुदर्शन आचार्य गम्भिर घाइते भएका छन । उनको भरतपुरमा उपचारपछि थप उपचारका लागि सोमबार साँझ काठमाडौं लगिएको छ ।

अन्य दुई घाइते ४४ बर्षिय सावित्रा आचार्य र ५८ बर्षिय तिलकबहादुर थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ०९:०६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology