Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अफगानिस्तानको पहाडमा रुसी जेट दुर्घटनामा बाँचेकालाई काबुल लगियो

अफगानिस्तानको पहाडमा रुसी जेट दुर्घटनामा बाँचेकालाई काबुल लगियो

images

एजेन्सी

९, माघ २०८०
अफगानिस्तानको पहाडमा रुसी जेट दुर्घटनामा बाँचेकालाई काबुल लगियो
images

एजेन्सी । उत्तरी अफगानिस्तानको बदख्शान प्रान्तमा शनिबार दुर्घटनाग्रस्त भएको एक रुसी यात्रुवाहक विमानमा जीवित रहेका चार जनालाई राजधानी काबुल लगिएको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् ।

सबै घाइतेले प्राथमिक उपचार पाएको र उनीहरूको अवस्था स्थिर रहेको मुजाहिदले सामाजिक सञ्जाल एक्समा भनेका छन् । चार चालक दल र दुई यात्रुसहित छ जना सवार रुसी यात्रुवाहक विमान शनिबार अफगानिस्तानको हवाई क्षेत्रमा बेपत्ता भएको र दुर्घटनाग्रस्त विमान आइतबार बदख्शानको कोफ अब जिल्लामा फेला परेको बताइएको छ ।

अफगान प्रशासनको उद्धार टोलीले आइतबार पाइलटसहित घाइते चार जनालाई फेला पारेको थियो । यसैबीच एक अधिकारीले आइतबार साँझ दुर्घटनाग्रस्त विमान र चार घाइते भेटिएको र बाँकीको हवाई दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् । 

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ०८:५८:२८ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology