Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कम्युनिष्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गरायोः सभापति जितनारायण श्रेष्ठ

कम्युनिष्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गरायोः सभापति जितनारायण श्रेष्ठ

images

इच्छाकामना न्युज

१९, माघ २०७७
कम्युनिष्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गरायोः सभापति जितनारायण श्रेष्ठ
images

चितवन, १९ माघ । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको आरोप लगाएका छन् । आज चितवनमा नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभामा बोल्दै उनले सो आरोप लगाएका हुन् । चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर नेकपाले लोकतन्त्रको बदनाम गराएको उनको भनाइ थियो ।

कांग्रेस निर्वाचनसँग डराएर संसद विघटनको विरोध नगरेको बताउँदै उनले संविधानको रक्षाका निम्ति सडकमा आएको बताए । कम्युनिस्टका कुनै पनि नेता ठिक नभएको बताउँदै उनले अब कांग्रेस कहिल्यै पनि कम्युनिस्टसँग नमिल्ने बताए । कांग्रेस एक्लै चुनाव लडेर अब कम्युनिस्टलाई नेपालबाट बिदाइ गर्ने उनको भनाइ थियो । जसका लागि नेकपाका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुको कर्तुत जनताको घरघरमा कांग्रेसले पुर्‍याउनु पर्ने उनको भनाइ छ ।

त्यसैगरी सभामा सभापति श्रेष्ठले प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बन्धमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई ‘आमा’ भन्नुपर्ने भनेको कुरा उल्लेख गर्दे श्रेष्ठले नेकपा नेता महेश बस्नेतले केपी ओलीलाई ‘बा’ भन्नुपर्ने बताएको कुरा उल्लेख गरे ।

‘केपी ओलीलाई ‘बा’ भन्नुपर्ने, विद्यादेवीलाई आमा भन्नु पर्ने अरे । ल हेर्नुस अब । के हुँदैछ यो मुलुकमा’ उनले भने, ‘केपी ओलीलाई बा भन्नुपर्ने र विद्याभण्डारीलाई आमा भन्नु पर्ने हो भने तिनको सम्बन्ध के हो’ भनेर हामीले प्रश्न गर्ने कि नगर्ने ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले कम्युनिस्ट नेताहरुको आफ्नो स्वार्थको लडाइले गर्दा देश भड्खालोमा पुगेको बताइन् । देश र जनतालाई संकट पर्दा नेपाली कांग्रेसले नेतृत्व गरेर निकास दिएको इतिहास रहेको बताउँदै उनले अब पनि कांग्र्रेस नै यो संकटको निकास दिनुपर्ने बताइन् ।

संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । हामी भ्रष्टचारी, गुण्डागर्दी र बलात्कार न्यूनीकरण गर्नका लागि केपी सरकारको विरोध गर्न आवश्यक रहेको उनको भनाइ थियो । विरोध कार्यक्रममा नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार, नेविसंघका जिल्ला अध्यक्ष सूर्य ढकाललगायतले बोलेका थिए । कार्यक्रममा नेपाल दलित संघ, भूपु सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघलगायतका नेपाली कांग्रेसका ११ वटा भातृ संगठनका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आज नेपाली कांग्रेसका १३ वटै भातृ संगठले देशका ७७ वटै जिल्लामा संसद विघटन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २०:५०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology